काठमाडौं ।
नेपालमा पछिल्लो समय कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार बुधबार मात्रै ११२० जना जना नयाँ संक्रमित थपिएका छन् ।
काठमाडौं उपत्यकामा मात्रै ६ हजार बढी संक्रमित भेटिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४१ हजार ६४९ जना पुगेको छ । यसको संक्रमणबाट मृत्यु हुनेको संख्या २५१ जना पुगेको छ । कुल संक्रमितमध्ये २३ हजार २९० जना निको भएका छन् ।
यसरी फैलिएको कोरोना भाइरसविरुद्ध फ्रन्टलाइनमा खटिएका सुरक्षा निकायमा पनि ‘कोरोना अट्याक’ बढ्दो छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि खटिएका सेना, प्रहरी र सशस्त्रका गरी २ हजार ५ सय ८२ जना भन्दा बढीलाई कोरोना संक्रमण पुष्टि भएको छ । हेरौं भिडियोमा :































प्रतिक्रिया