निषेधाज्ञाका बाबजुद रातो मच्छिन्द्रनाथको रथ तानियो (फोटोफिचर)

निषेधाज्ञाका बाबजुद रातो मच्छिन्द्रनाथको रथ तानियो (फोटोफिचर)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

कोभिड–१९ संक्रमणको जोखिम रहेको बेला आज (बिहीबार) देखि रातो मच्छिन्द्रनाथको रथजात्रा शुरु भएको छ ।

सरकारले कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि कुनै पनि भेला गर्न, चाडपर्व, जात्रा मनाउन निषेध गरेको छ । तर पनि ललितपुरको पाटनका स्थानीयले रातो मच्छिन्द्रनाथको रथजात्राको साइत यस पछि नरहेको भन्दै आज रथजात्रा निकालेका हुन् । रथजात्रा निकाल्नका लागि स्थानीयहरुको भिड लागेको थियो ।

‘वर्षा र सहकाल’का देवता रातो मच्छिन्द्रनाथको रथजात्रा वैशाख शुक्ल पक्ष प्रतिपदाका दिन शुरु भएर असार शुक्ल पक्ष चौथीसम्म मनाउने प्रचलन रहेको छ । तर यस वर्ष कोभिड १९ संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन आदेश जारी गरेपछि रथजात्रा निर्धारित साइतमा हुन सकेन ।

तर पनि साउन १० गते नागपञ्चमीको दिन दिउँसो १२ बजेको शुभसाइतमा रातो मच्छिन्द्रनाथलाई रथमा बिराजमान गराइएको थियो । रथमा विराजमान गराइएको चारदिनपछि रथजात्रा शुरु गर्नुपर्छ । तर कोभिड १९ संक्रमणको जोखिम कम नभएपछि रजथात्रा पनि रोकियो । जात्रा नभएपछि स्थानीयले दैनिक रथ बिराजमान गराइएको ठाउँमा पुगेर पूजाआजा गर्दै आएका थिए ।

Logo