चार देशमा ‘प्रकाश’को विदेश राइट्स बिक्री

चार देशमा ‘प्रकाश’को विदेश राइट्स बिक्री

केन्द्रबिन्दु
0
Shares

आगामी भदौ १० गतेबाट रिलिज हुने फिल्म ‘प्रकाश’ को विदेश राइटस् महंगो मूल्यमा बिक्री भएको छ । प्रदीप खड्का स्टारर यो फिल्मका निर्देशक दिनेश राउतका अनुसार अष्ट्रेलिया, क्यानडा, अमेरिका र यूरोपमा महंगो मूल्यमा विदेश अधिकार बिक्री भएको हो ।

निर्देशक राउतले केही समयअघि सार्वजनिक फिल्मको टिजरप्रति दर्शकहरुको सकारात्मक प्रतिक्रिया आएपछि विदेशका लागि मात्र फिल्मको प्रदर्शन अधिकार बिक्री गरिएको बताए । ‘नेपालमा फिल्म रिलिज भएकै मितिमा यी देशहरुमा पनि रिलिज हुनेछ । 

फिल्ममा बाबुको सपना पुरा गर्न शिक्षक बन्न संघर्ष गरेको एक युवाको कथालाई समेटिएको छ । जुम्लामा छायांकन गरिएको फिल्ममा प्रदीपसँगै दिया मास्के, राजन खतिवडा, रानु योगी र प्रकाश घिमिरेको पनि अभिनय छ ।

महेन्द्र अधिकारी निर्माता तथा अनिल मानन्धर, पिकेश मानन्धर सह–निर्माता रहेको फिल्ममा राजेश श्रेष्ठको छायांकन, विकास सुवेदीको पटकथा, ताराप्रकाश लिम्बु, एलिस कार्की, दीपक शर्मा र सुभाष भुषालको संगीत, जीवन थापाको सम्पादन र कलर, अनुप बरालको कास्टिङ छ ।

Skip This
Skip This
Logo