अमेरिकी टिकटक स्टार कुपर नोरिगियाको मृत्यु भएको छ । उनको मृत शरिर जुन ९ मा उनी बस्ने अपार्टमेन्टमा भेटिएको थियो । लसएन्जलस बस्दै आएका १९ वर्षिय कुपर टिकटकमा निकै प्रसिद्व थिए ।
उनको टिकटक अकाउन्टमा १.७ मिलियन अर्थात १७ लाख भन्दा बढी फलोअर्स थिए । सोसल मिडियामा निकै सक्रिय उनी अक्सर स्केटबोर्डिंग र फेसनसँग सम्बन्धित भिडियोहरु अपलोड गरिरहन्थे । उनले मृत्यु पूर्व गरेको एउटा टिवट् अहिले भाइरल बनेको छ ।
अहिले उनको मृत्युको खबर फैलिन साथ त्यो टिवट् निकै भाइरल भैरहेको छ । ट्विट्मा उनले आफ्नो मृत्युसँग सम्बन्धित कुराहरु लेखेका थिए । त्यो टिविट् सेयर गरेको केहि समयपछि नै उनको मृत्यु भएको प्रहरीको भनाइ छ । पुलिसर फरेन्सिक रिपोर्टका अनुसार उनको शरीरमा कुनै पनि प्रकारको हिंसा वा जोर जबरजस्तीको निशान पाइएको छैन ।































प्रतिक्रिया