प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय तुलसीलाल अमात्य भवनमा सुरू भएको छ ।
ललितपुरको च्यासलमा पार्टी केन्द्रीय कार्यालय सरेपछि पहिलोपटक कार्यालयमा सचिवालय बैठक बसेको हो ।
बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा तथा स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउनेबारे छलफल हुने एमाले केन्द्रीय सदस्य तथा प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए । एमालेको उक्त बैठकमा अध्यक्ष केपी शर्मा ओलीले समसामयिक विषयमा ब्रिफिङ गरेका छन् ।

































प्रतिक्रिया