आईजीपीविरुद्धको रिटमा बहस सकिएको छैन् । सो कारण प्रहरी महानिरीक्षक आईजीपी नियुक्तिविरुद्धको रिटमाथिको फैसला सोमबमार नहुने भएको छ। कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा पेशी तोकिएको यो मुद्दाको बहस नसकिएपछि फैसलामा ढिलाइ भएको हो।
रिट निवेदनक एआईजीपी विश्वराज पोखरेलको पक्षका अधिवक्ताले मंगलबार खाजा समय अघिसम्म बहसका लागि समय मागेका छन्। सर्वोच्च बारका अध्यक्ष समेत रहेका अधिवक्ता पूर्णमान शाक्यले भोलि खाजा समयसम्ममा बहस सक्ने इजलासमा बताएका छन्। सर्वोच्चमा अहिले एआईजी पोखरेलको तर्फबाट अधिवक्ता मेघराज पोखरेलले बहस गरिरहेका छन्।
यसअघि तीन डीआईजीले हालेको रिटमाथि पक्ष विपक्षकै बहस सकिएको छ।रिटमाथि कामु प्रधानन्यायाधीश कार्की र नयायाधीश चुँडालको इजलासमा अन्तिम सुनुवाइ भइरहेको हो।रिट निवेदक पोखरेलको तर्फबाट बहस सकिएपछि मंगलबार नै विपक्षी महान्यायाधिवक्ता कार्यालय र निजी कानुन व्यवसायीहरुले बहस गर्नेछन्। सरकारले धीरजप्रताप सिंहलाई वैशाख १८ गते आईजीपीमा बढुवा गर्ने निर्णय गरेपछि एआईजी पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए।
रिटको सुनुवाइका लागि यसअघि जेठ १७ गतेको इजलासले सोमबारका लागि पेशी तोकेको थियो। गोलाप्रथाबाट पेशी तोक्दा कामु प्रधानन्यायाधीश कार्की र चुडालको इजलासमा परेको थियो। जेठ १७ मै अन्तिम सुनुवाइको मिति तोकिए पनि त्यसदिन सुनुवाइ हुन सकेको थिएन। त्यतिबेला न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ र चुँडालको इजलासमा परेको थियो।
तर त्यसदिन सुनुवाइ नभएकाले चुँडालले रिटको सुनुवाइ गर्न मिल्ने एआईजी पोखरेलकी कानुनी सल्लाहकार अधिवक्ता सुनिता राउतले बताएकी थिइन्। पोखरेलको रिटसँगै अवकाश भइसकेका तीन डीआईजीको मुद्दा पनि सँगै राखिएको छ।
यसअघि वैशा २२ गते न्यायाधीश सुष्मालता माथेमाको इजलासले अन्तरिम आदश दिन अस्वीकार गर्दै जेठ १७ गतेलाई अर्को पेसी तोकेको थियो। कारण देखाऊ आदेश दिएकोमा सबैले लिखित जवाफ पनि पेश गरिसकेका छन्।
सरकारले आफूभन्दा जुनियरलाई आईजीपी बनाएको भन्दै एआईजी पोखरेल सर्वोच्च पुगेका थिए। सँगै भर्ना भए पनि पोखरेल सिंहभन्दा १७ महिना पहिले एआईजी भएका थिए। सर्वोच्चले पोखरेलको पक्षमा फैसला नगरे उनी राजीनामा दिने तयारीमा छन्। ए































प्रतिक्रिया