एक हजार ८०० ले घट्यो सुनको मूल्य, कतिमा काराेबार हुँदै ? 

एक हजार ८०० ले घट्यो सुनको मूल्य, कतिमा काराेबार हुँदै ? 

केन्द्रबिन्दु
0
Shares

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक हजार ८०० ले घटेर ९७ हजार १०० मा आएको छ। 

अघिल्लो दिन प्रतितोला ९८ हजार ९०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ६०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९८ हजार ४०० थियो।     

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २० ले घटेर एक हजार २४५ कायम रहेको महासङ्घले जनाएको छ।

Skip This
Skip This
Logo