काठमाडौं ।
अबदेखि काठमाडौं उपत्यका प्रवेश गर्न कोरोना रिर्पोट नेगेटिभ हुनु पर्ने भएको छ।
बुधबार काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले एकै व्यहोराको निषेधाज्ञाको आदेश जारी गर्दै अत्यावश्यक कामका लागि काठमाडौं उपत्यका प्रवेश गर्दा पीसीआर रिपोर्ट अनिवार्य नेगेटिभ भएको हुनु पर्ने निर्णय गरेका छन् ।
‘अत्यावश्यक कार्यका लागि पनि उपत्यका भित्रिने व्यक्तिहरुको पीसीआर रिपोर्ट अनिवार्य नेगेटिभ भएको हुनु पर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ।
अत्यावश्यक काम, अस्पताल आउने जाने बिरामी, दाहसंस्कारका लागि अनिवार्य सहभागी हुनु पर्ने जस्ता कामका लागि पनि उपत्यका आउनेको अनिवार्य पीसीआर नेगेटिभ रिपोर्ट भएको हुनु पर्ने प्रशासनले निर्णय गरेको छ।































प्रतिक्रिया