मुनवर फारुकीले बिबरकाे पक्षघातकाे मजाक उडाए

मुनवर फारुकीले बिबरकाे पक्षघातकाे मजाक उडाए

केन्द्रबिन्दु
6
Shares

हलिउडका चर्चित गायक जस्टिन बिबरले हालै आफूलाई रामसे हन्ट सिन्ड्रोम भएको खुलासा गरेका थिए। यो रोगका कारण उनको आधा अनुहारमा पक्षघात भएको थियो । 

गायकले आफ्नो अनुहारको दाहिने भाग पक्षघात भएको र त्यसका कारण मुस्कुराउन वा आँखा झिम्क्याउन नसक्ने बताए । जस्टिनको यस्तो शारिरीक अवस्था देखेपछि विश्वभरका फ्यानहरुले उनको शिघ्र स्वास्थ्य लाभको कामना गरिरहेका छन् । 

अर्कोतर्फ, स्ट्यान्ड–अप कमेडियन मुनवर फारुकीले आफ्नो एक ट्वीटमा जस्टिनको रोगको मजाक बनाएका छन्। मुनव्वर फारुकीको यो कार्यलाई लिएर सामाजिक सञ्जालमा मानिसहरूले कमेडियनको आलोचना गरेका छन् । मुनव्वर फारुकीले जस्टिन बिबरको अनुहार पक्षघात भएको ट्वीट गरेका छन् । उनले आफ्नो ट्वीटमा लेखेका छन्, ‘प्रिय जस्टिन बिबर, मैले पूर्ण रूपमा बुझेको छु । यहाँ भारतमा पनि दाहिने पक्षले काम गरिरहेको छैन ।' मुनव्वर फारुकीको यो ट्विटबाट उनका फ्यान र सामाजिक सञ्जाल प्रयोगकर्ताहरु निकै आक्रोशित छन् । 

धेरैले मुनव्वर फारुकीको यो ट्विटलाई बेतुका भनेका छन् । एक प्रयोगकर्ताले कमेन्ट गर्दै लेखेका छन्, ‘कसैको दुःखको मजाक बनाउनु राम्रो होइन । म तिम्रो ठूलो फ्यान हुँ तर यी साना कुराहरूले तिम्रो अहंकार झल्काउँछ। जबकी अर्का एक प्रयोगकर्ताले लेखेका छन्, ‘कसैको रोगको मजाक उडाउनुले तपाईं कति अज्ञानी हुनुहुन्छ भन्ने देखाउँछ।

Skip This
Skip This
Logo