एएफसी एसियन कप छनोटमा नेपालकाे लगातार तेस्रो हार

एएफसी एसियन कप छनोटमा नेपालकाे लगातार तेस्रो हार

केन्द्रबिन्दु
0
Shares

एएफसी एसियन कप छनोटमा नेपालले लगातार तेस्रो हार भोगेको छ। कुवेतमा मंगलबार राति भएको खेलमा नेपाल इण्डोनेसियासँग ७–० को फराकिलो अन्तरले पराजित भएको हो। 

जाबिर अल अहमद स्टेडियममा पहिलो हाफ २–० ले पछि परेको नेपालले दोस्रो हाफमा ५ गोल खाएको थियो । महत्वपूर्ण मानिएको खेलमा नेपाललाई फराकिलो अन्तरले पराजित गरेसँगै इण्डोनेसिया एसियन कपमा छनोट भएको छ। 

छैटौं मिनेटमा मुहमद दिमास द्रजाडले गोल गर्दै इण्डोनेसियालाई अग्रता दिलाएका थिए । ३३ औं मिनेटमा डिफेन्डर सुमन अर्यालले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा नेपाल १० खेलाडीमा समेटिएको थियो । 

४३ औं मिनेटमा वितान सुलेमानले गोल गर्दै इण्डोनेसियालाई २–० को अवस्थामा पुर्याए । ५४ औं मिनेटमा आर्यन्टोले तथा ५५ औं मिनेटमा साद्दिल रामदानीले गोल गर्दै इण्डोनेसियालाई ४–० को बलियो अवस्थामा पुर्याए । खेलको ८० औं मिनेटमा एल्कन बाग्गोटले, ८१ औं मिनेटमा सुलेमानले तथा इन्जुरी समयमा मार्सेलिनो फेर्डिनानले गोल गरेपछि इण्डोनेसियालाई ७–० को जित निकाल्न सफल बन्यो । 

समूह ए मा रहेको नेपाल भने अंकविहीन रहँदै घर फर्कने भएको छ। प्रतियोगितामा नेपालले १३ गोल खाँदा १ गोल फर्काएको छ।

Skip This
Skip This
Logo