ओली सरकारले एसपीपी सम्झौता कार्यान्वयन गरेको हो, हल्ला अहिले फैलाइयो : दाहाल

ओली सरकारले एसपीपी सम्झौता कार्यान्वयन गरेको हो, हल्ला अहिले फैलाइयो : दाहाल

केन्द्रबिन्दु
0
Shares

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौता सन् २०१९ बाट कार्यान्वयनमा आएको बताएका छन् । 
केपी शर्मा ओली नेतृत्वको सरकारले उक्त सम्झौता कार्यन्वयनमा ल्याएको उनले दाबी गरे । 
‘कुनै सैन्य सम्झौता हुने छैन, यो घोषणा म गर्न चाहन्छु । प्रधानमन्त्रीजीले  म कुनैपनि हालतमा त्यस्तो खालको सम्झौतामा जान्न भनेर प्रतिवद्धता जनाउनु भएको छ । 
कोही भ्रममा पर्न जरुरी छैन । बरु यो एसपीपी सम्झौता कार्यान्वयन गर्ने काम २०१९ मा केपी ओली नेतृत्वको सरकारले गरेको तथ्य इतिहासमा छ, यो सबैले बुझ्न जरुरी छ,’ पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले भने । 
अहिले एसपीपी हुँदैछ रे भनी हल्ला फिजाँइएपनि त्यो सत्य नरहेको उनले बताए ।

Skip This
Skip This
Logo