परराष्ट्र मन्त्री डाक्टर नारायण खड्काले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम एसपीपी सम्झौता राष्ट्रिय हितमा नभएकाले नेपालले कुनै सहमति नगर्ने बताएका छन् ।
प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बिहानको बैठकमा मन्त्री खड्काले एसपीपी नेपालको हितमा नरहेकाले यस विषयमाथि अब थप छलफल गर्न आवश्यक नभएको बताए ।
उहाँले नेपाली सेनाले समेत अगाडि नबढ्ने बताइसकेकाले अब यो सम्झौताको च्याप्टर क्लोज भइसकेको जिकिर गरे । उनले नेपाल कुनै सैन्य गठबन्धनमा सहभागी नहुने पनि प्रष्ट पारे । नेपाल सेनाले एसपीपी सम्झौता नगर्ने भनेर विज्ञप्ति निकालिसकेकाले अब यो विषयलाई विवादमा तानिरहनु आवश्यक नभएको उनको भनाइ छ ।































प्रतिक्रिया