इन्धन सकिएपछि प्रधानमन्त्री सवार हेलिकप्टर भैरहवामा आकस्मिक अवतरण

इन्धन सकिएपछि प्रधानमन्त्री सवार हेलिकप्टर भैरहवामा आकस्मिक अवतरण

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री शेरबहादुर देउवालाई लिएर काठमाडौंबाट धनगढीका लागि उडेको हेलिकोप्टर इन्धन सकिएपछि भैरहवामा आकस्मिक अवतरण भएको छ ।
हेलिकोप्टरमा प्रधानमन्त्री देउवासँगै शिक्षामन्त्री देवेन्द्र पौडेल पनि सवार थिए । नेपाली सेनाको उक्त हेलिकोप्टर इन्धन भर्नका लागि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा अवतरण भएको विमानस्थलका महाप्रवन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिए ।
प्रधानमन्त्री देउवा सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टरमा सवार थिए । करिब २० मिनेट हेलिकप्टर रोकिने क्रममा प्रधानमन्त्री देउवाले राजनैतिक भेटघाट गरेका थिए ।
करिब २० मिनेटको भैरहवा बसाईपछि प्रधानमन्त्री देउवा धनगढी प्रस्थान गरेका छन् ।

 

Skip This
Skip This
Logo