नेप्सेमा उच्च अंकको गिरावट, १ अर्ब १३ करोडको कारोबार

नेप्सेमा उच्च अंकको गिरावट, १ अर्ब १३ करोडको कारोबार

केन्द्रबिन्दु
0
Shares

कारोबार हुने साताको पहिलो दिन आइतबार आज  शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । शुक्रबार ७ दशमलव ५७ अंकले घटेको बजार आज पनि ३७ दशमलव २७ अंकले घटेर १ हजार ९३४ दशमलव ११ विन्दुमा झरेको हो । 

आइतबार २२३ वटा धितोपत्रको ३६ लाख ६६ हजार ८९१ कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट १ अर्ब १३ करोड ४० लाख ९१ हजार २१२ रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । 

आइतबार १३ वटै समूहको परिसूचक राताम्मे भएका छन् । आज आधिँखोला लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यका सकारात्मक सर्किट लागेको छ भने कारोबार रकमको आधारमा सबैभन्दा बढी नेपाल दुरसञ्चार कम्पनीको १० करोड २९ लाख ८९ हजार ८७९ ७६१ रुपैयाँको शेयर खरिद विक्री भयो ।

Skip This
Skip This
Logo