‘मुलुकको समग्र आर्थिक क्षेत्रका परिसूचकहरु सकारात्मक’ : अर्थ मन्त्रालय

‘मुलुकको समग्र आर्थिक क्षेत्रका परिसूचकहरु सकारात्मक’ : अर्थ मन्त्रालय

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०७७/७८ को चौमासिकसम्म मुलुकको समग्र आर्थिक क्षेत्रका परिसूचकहरु सकारात्मक रहेको जनाएको छ ।

अर्थ मन्त्रालयले प्रकाशन गरेको चालू आवको मंसिर महिनासम्मको मुलुकको वर्तमान आर्थिक परिदृश्यमा यस्तो उल्लेख गरिएको छ । उक्त परिदृश्यमा संघीय सरकारको चालू खर्च समीक्षा अवधिमा १३.७ प्रतिशतले बृद्धि भएको छ भने पूँजीगत वित्तिय व्यवस्था तर्फको खर्च क्रमशः ४.४ र १७.१ प्रतिशतले घटेको छ ।

संघिय सरकारको कुल खर्च ३ खर्ब २८ अर्ब ४६ करोड पुगेको छ । यो खर्च गत आर्थिक वर्षको सोही अवधिमा भएको खर्च २ खर्ब ९८ अर्ब ७० करोडको तुलनामा ९.९ प्रतिशतले बढेको हो । यस्तै चालु आर्थिक वर्षको मङ्सिरसम्म संघीय सरकारले प्राप्त गर्ने कर राजस्वमा ०.९८ प्रतिशतले संकुचन आएको छ ।

चालु आर्थिक वर्षको मंसिरसम्म संघीय सरकारले प्राप्त गर्ने कर राजस्व ०.९८ प्रतिशतले संकुचन भई २ खर्ब ४१ अर्ब २३ करोड रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो राजस्व २ खर्ब ४७ अर्ब ६६ करोड रहेको थियो । यस अवधिमा प्रदेश र स्थानिय तहमा बाँडफाँट भएर जाने कर राजस्व गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४ प्रतिशतले संकुचन भई ३९ अर्ब ३५ करोड रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो राजस्व ४१ अर्ब १ करोड रहेको छ ।
चालु आर्थिक वर्षको मंसिरसम्म संघीय सरकारको राजस्व (बाँडफाँट अघिको रोयल्टीसहित) गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.२ प्रतिशतले संकुचन भई २ खर्ब ६१ अर्ब ९४ करोड रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो राजस्व २ खर्ब ६७ अर्ब ८१ करोड रहेको थियो ।

त्यस्तै, आर्थिक वर्ष २०७७/७८ को मंसिरसम्म संघीय सरकारको कुल खर्च ३ खर्ब २८ अर्ब ४६ करोड पुगेको छ । यो रकम गत आर्थिक वर्षको सोही अवधिमा भएको खर्च २ खर्ब ९८ अर्ब ७० करोडको तुलनामा ९.९ प्रतिशतले बढी हो ।

कुल खर्च मध्ये चालु खर्च २ खर्ब ८० अर्ब ७४ करोड, पूँजीगत खर्च ३५ अर्ब ९४ करोड र वित्तीय व्यवस्थातर्फ ११ अर्ब ७७ करोड रहेको छ । समीक्षा अवधिमा चालु खर्च १३.७ प्रतिशतले बढेको छ भने पूँजीगत र वित्तीय व्यवस्थातर्फको खर्च क्रमशः ४.४ प्रतिशत र १७.१ प्रतिशतले घटेको छ । कोभिड–१९ संकमणको जोखिमका कारण विकास निर्माणका कार्यहरू सञ्चालनमा कठिनाई भएका कारण पूँजीगत खर्चमा अपेक्षित सुधार हुन सकेको छैन ।

यस्तै आर्थिक वर्ष २०७७/७८ को मङ्सिरसम्म संघीय सरकारको कुल राजस्व खर्च ३ खर्ब १ अर्ब २९ करोड रहेको छ । यो राजस्व गत आर्थिक वर्षको सोही अवधिको राजस्वको तुलनामा २.४ प्रतिशतले कम हो । कुल राजस्वमा कर राजस्व २ खर्ब ८४ अर्ब ४९ करोड र गैरकर राजस्व १६ अर्ब ७० करोड रहेको छ । यस अवधिमा कुल राजस्व र अन्य प्राप्तिसहित कुल प्राप्ति ३ खर्ब २६ अर्ब ८२ करोड रहेको छ ।

चालु आर्थिक वर्षको मङ्सिर महिनासम्म कुल विनियोजित बजेटको २२.२७ प्रतिशत खर्च भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कुल खर्च १९.४९ प्रतिशत भएको थियो । यस अवधिमा चालु खर्चतर्फ विनियोजित बजेटको २९.८५ प्रतिशत, पूँजीगत खर्च १०.१८ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ६.८१ प्रतिशत खर्च भएको छ । गत आर्थिक वर्ष चालु पूँजीगत र वित्तीय व्यवस्थातर्फ क्रमशः २५.८० प्रतिशत, ९.२२ प्रतिशत र ८.४४ प्रतिशत रकम खर्च भएको थियो ।

Skip This
Skip This
Logo