बुढीगण्डकीको मुआब्जा रकम प्रयोग गर्न रोक लगाउन खोजेको भन्दै राष्ट्रिय सरोकार समितिको आपत्ति

बुढीगण्डकीको मुआब्जा रकम प्रयोग गर्न रोक लगाउन खोजेको भन्दै राष्ट्रिय सरोकार समितिको आपत्ति

केन्द्रबिन्दु
0
Shares

बुढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिले मुआब्जा रकम प्रयोग गर्नबाट वञ्चित गर्न खोजिएको भन्दै आपत्ति जनाएको छ ।
समितिका संयोजक हरेराम ढकालले सोमबार विज्ञप्ति जारी गर्दै हाल बुढीगण्डकी जलविद्युत आयोजना मुआब्जा, वातावरण, पुनर्बास तथा पुनस्र्थापना इकाइले डुवान क्षेत्रको घर, गोठ, संरचना र बोटविरुवाको मुआब्जा वितरणका क्रममा डुवान क्षेत्रका बासिन्दाको जायज माग र गुनासोलाई बेवास्ता गरेकामा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

‘मुआब्जा नपाउनेहरुले छिटो पाउनु र मुआब्जा पाएकाहरुले आफ्नो घर, गोठ, संरचना र बोटविरुवाको के कति दररेट अनुसार कति मुआब्जा पाएको हो भनी थाहा पाउनु डुवानबासीको अधिकार हो । तर बुढीगण्डकी मुआब्जा, वातावरण, पुनर्बास तथा पुनस्र्थापना इकाइले डुवानबासीलाई आफ्नो घर गोठ, संरचना र बोटविरुवाको के कति दररेटमा कति मुआब्जा दिएको हो भनी जानकारी दिन अस्वीकार गर्नु गैरजिम्मेवारीपन हो,’ ढकालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।’ 

Skip This
Skip This
Logo