नेटफ्लिक्सको सिरिज ‘द चुजन वान’ का एक्टर रेमुण्डो गुर्दानो र जुआन फ्रयान्सिस्को अगुइलरको सडक दुर्घटनामा मृत्यु भएको छ ।
उनीहरु चढेको गाडी १६ जुनमा मेक्सिकोस्थित बजा क्यालिफोर्निया सुर पेनिन्सुलामा दुर्घटना भएको थियो । सो दुर्घटनामा अर्का दुई जना कास्ट र क्रु मेम्बर पनि घाइते भएका छन् । रिपोर्टका अनुसार सिरिजका यी सदस्यहर्रु द चुजन वान’को सुटिङ पछि लोकल एयरपोर्टमा गइरहेको बेला सो दुर्घटना भएको थियो । दुर्घटनाको सुचनापर्छि रेडरम’ कम्पनीले हाललाई सुटिङको काम स्थगित गरेको छ ।
द चुचन वान एक ब्राजिलियन थ्रिलर सिरिज हो । यो सो सन् २०१९ मा लन्च गरिएको थियो । यो सो मार्क मिलर र पिटर ग्रासको कमिर्क बुक सिरिज अमेरिकन जीसस’को आधारमा बनाइएको छ ।
नेटफ्ल्क्सिका अनुसार यो सिरिज एक १२ वर्षिय केटोको कहानी हो । त्यो केटो मानवताको रक्षा गर्नका लागि जीससको रुपमा पूर्नजन्म भएको हुन्छ । कार दुर्घटना पछि यो सिरिज अघि बढ्छ कि बढ्दैन भन्ने अन्योल छ ।































प्रतिक्रिया