नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले खाना पकाउने ग्याँसमा छिट्टै दुईथरि मूल्य तोक्ने बताएका छन् ।
इन्धनमा भएको मूल्यवृद्धिबारे जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले ग्यासमा घरायसी र औद्योगिक प्रयोजनका लागि अलग अलग मूल्य तोक्ने बताए । औद्योगिक प्रयोजन र घरायसी प्रयोजनको ग्यास सिलिन्डर चिन्न सिलिन्डरको आकार, ग्यासको गन्ध र सिलिन्डरको रङ पनि फरक बनाउने थानीले बताए ।
आइतबारको मूल्यवृद्धि पछि पनि निगम अझै ५ अर्ब रुपैयाँ हाराहारी घाटामा रहेको उनको दावी छ । अन्तर्राष्ट्रिय बजार मूल्यका कारण १५ दिनमा पेट्रोलमा प्रतिलिटर १३ रुपैयाँ ५८ पैसा, डिजेलमा १३ रुपैयाँ ९५ पैसा र ग्यासमा प्रतिसिलिन्डर ७५४ रुपैयाँ घाटा रहेको उनले बताए । बढेको मूल्यका कारण १५ दिनमा २ अर्ब ३५ करोड रुपैयाँ घाटा रहेको थानीको भनाइ थियो । थानीले समायोजन गरिएको मूल्य पूर्वाधार कर घटाएर नै गरिएको दाबी गरे ।





























प्रतिक्रिया