निर्वाचन आयोग पुगेर कांग्रेस महामन्त्रीद्वयले भने : ‘विदेशमा रहेका नेपालीहरुलाई मताधिकारको व्यवस्था गर्नुस’

निर्वाचन आयोग पुगेर कांग्रेस महामन्त्रीद्वयले भने : ‘विदेशमा रहेका नेपालीहरुलाई मताधिकारको व्यवस्था गर्नुस’

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसले विदेशमा रहेका नेपालीहरुलाई मताधिकार दिन माग गरेको छ ।

कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले मंगलबार निर्वाचन आयोगका पदाधिकारीहरुलाई भेटेर विदेशमा रहेका नेपालीहरुलाई पनि मतदानको अधिकार दिन माग गरेका हुन् । भेटपछि महामन्त्री शर्माले भने, ‘नेपाल बाहिर रहेका नेपालीहरुको नोट चल्ने बनाएर मात्र हुँदैन, भोट चल्ने दिन बनाउनुपर्छ ।’
उनका अनुसार सोमबार भएको भेटमा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि यसमा सकारात्मक जवाफ दिएका थिए । आयोग पनि यसमा सकारात्मक देखिएको छ ।

अर्का महामन्त्री थापाले काठमाडौंमा भइरहेको मतदाता नामावली संकलनलाई व्यवस्थित गर्न आग्रह गरे । उनका अनुसार काठमाडौं जिल्लाका मतदाताका लागि छुट्टै र बाहिरका मतदाता जो, काठमाडौंमा बस्छन्, उनीहरुका लागि छुट्टै केन्द्र तोकेर नामावली संकलन गर्न आग्रह गरिएको छ ।
अघिल्लो पटक जस्तै स्थानीय तहमै नामावली गर्न समेत आयोगलाई आग्रह गरिएको उनले बताए ।

निर्वाचन आचार संहिता कार्यान्वयनका साथै निर्वाचन खर्च घटाउने विषयमा पनि छलफल भएको महामन्त्री थापाले जानकारी दिए ।

Skip This
Skip This
Logo