राष्ट्रिय स्वतन्त्र पार्टी खोल्ने रवि लामिछानेको घोषणा

राष्ट्रिय स्वतन्त्र पार्टी खोल्ने रवि लामिछानेको घोषणा

केन्द्रबिन्दु
0
Shares

टेलिभिजन कार्यक्रम छाडेर राजनीतिमा होमिएका रवि लामिछानेले मंगलबार आगामी यात्राबारे औपचारिक घोषणा गरेका छन् । राजनीतिमा होमिने निर्णयपछि नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीसहितका दलले भित्र्याउन खोजिरहेका उनले मंगलबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका छन्। 'म यही मञ्चबाट नयाँ राजनीतिक दल खोल्ने घोषणा गर्छु', उनले भने, 'हाम्रो पार्टीको नाम हुनेछ, 'राष्ट्रिय स्वतन्त्र पार्टी।'

पछिल्लो समय ग्यालेक्सी फोर के टेलिभिजनमा ‘सीधा कुरा’ कार्यक्रम सञ्चालन गरिरहेका लामिछानेले राजनीतिमा नयाँ पुस्ताका रुपमा उदाउने योजनामा आफु लागेको बताए । लामिछानेले टेलिभिजन छोडेकै दिन गत बिहीबार आफ्नो राजनीतिक यात्राबारे जानकारी दिने बताएका थिए। 

Skip This
Skip This
Logo