राष्ट्रिय स्वतन्त्र पार्टीमार्फत राजनीतिमा प्रवेश गरेका रवि लामिछानेले अब र्याल काढ्न होईन, काम गर्न संसद भवन जानुपर्ने बेला आएको बताएका छन ।
राष्ट्रिय सभागृहमा राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा कार्यक्रममा लामिछानेले योग्य र सक्षम व्यक्तिलाई राजनीतिको हाउगुजी देखाएर नेताहरुले आफुले मात्रै राज्यसत्तामा हालीमुहाली गरेको बताए । अब राजनीतिक सुधारका लागि नयाँ जोश भएका युवापंक्तिहरुको टिम बनाएर जाने र कू प्रवृत्तिमाथि हस्तक्षेप जरुरी रहेको बताए ।
राजनीतिमा असक्षम व्यक्तिहरुको दबदवा रहेकै कारण आम नेपालीले दुःख पाएको भन्दै लामिछानेले असक्षम व्यक्तिलाई हटाउन युवापंक्तिको टिम बनाएर अघि बढ्न चाहेको बताए ।





























प्रतिक्रिया