‘नेपालमा उत्पादित बिजुली बेच्न नसके १० खर्ब जोखिममा पर्छ’ : इप्पान उपाध्यक्ष

‘नेपालमा उत्पादित बिजुली बेच्न नसके १० खर्ब जोखिममा पर्छ’ : इप्पान उपाध्यक्ष

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) का उपाध्यक्ष आशिष गर्गले बिजुली बेच्न नसके १० खर्ब रुपैयाँ जोखिममा पर्ने बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले मंगलबार आयोजना गरेको सेजन अर्थनीति बहश अन्र्तगत आयोजित ऊर्जा व्यापार सम्बन्धी कार्यक्रममा उनले यस्तो दाबी गरेका हुन् । हाल १३ सय ६० मेगावाट रहेको नेपालको विद्युत उत्पादन क्षमता आगामी तीन बर्षभित्र ६ हजार मेगावाट पुग्ने बताउँदै उत्पादन बढे पनि खपत नबढ्दा बिजुली खेर गएर १० खर्ब लगानी जोखिममा पर्ने र माग भने तत्काल बढ्न नसक्ने अवस्था रहेको उनको भनाइ छ ।

“अहिलेको विद्युत खपतको अवस्था र तत्काल धेरै विद्युत खपत गर्ने गरी औद्योगिकरण नहुने अवस्थाले अबको तीन बर्षमा विद्युत माग १७/१८ सय मेगावाट भन्दा बढी पुग्ने अवस्था छैन ।” उनले भने– “अहिलेको अवस्थाले चालु बर्षमा १ हजार, अर्को बर्ष २ हजार र तेस्रो बर्ष कम्तीमा एक हजार पाँच सय मेगावाट भन्दा बढी गरी तीन बर्षभित्र झण्डै ४५ सय मेगावाट बराबरको उत्पादन बढ्ने अवस्था छ, त्यो अवस्थामा बिजुली बेच्न नसके चार हजार मेगावाट विद्युत खेर जान्छ ।” उनी गत चैत्रमा रातिको समयमा दुई सय मेगावाट विद्युत खेर गएको नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको बताउँदै आगामी बर्षको बर्षामा खेर जाने बिजुलीको परिणाम बढ्दै जाने दाबी गर्छन् ।

उनी विद्युत खेर जाँदा ऋण लगानी गर्ने बैक, स्वपूँजी लगानी गर्ने लगानीकर्ता र सेयर लगानी गर्ने सेयरकर्ताको पैसा डुब्ने बताउँदै सरकारले अग्रसरता देखाए अहिले पनि विद्युत व्यापारको अवस्था रहेको बताउँछन् । चीनसँग अन्तरदेशीय प्रसारण लाइन निर्माण प्रकृया अघि बढे पनि त्यो निर्माण हुन पाँच बर्ष कम्तीमा लाग्ने तथा बनेपछि पनि पाँच सय किलोमिटरभन्दा बढीको प्रसारण लाइनमा बिजुली लैजानु पर्ने भएकोले विद्युत व्यापार कठिन रहेको तथा वंगलादेशमा विक्री गर्न पनि २३ किलोमिटर भारतीय भुमि प्रयोग गर्नुपर्ने कारण भारत अहिलेका लागि नेपालको बिजुलीको मुख्य बजार रहेको उनको तर्क छ ।

“अहिलेनै सरकार–सरकार (जी टु जी) मा भारतलाई बिजुली विक्री गर्न सक्छ, मध्यकालीन र दीर्घकालीन रुपमा बेच्न समस्या छैन, कडक्ट अफ विसनेज रुल (सीबीआर) त १० प्रतिशत भारतीय बिजुलीको खुल्ला बजारका लागि मात्र हो, त्यो पनि नेपाल लगायतका १२ देशका लागि भारतले बनाईरहेकोले एक दिन आउँछ ।” उनी भन्छन् –“ वंगलादेश, म्यानमार जस्ता देशमा बिजुली बेच्न पनि भारतको स्वीकृत चाहिन्छ, केही बर्षका लागि भारत नै हाम्रो मुख्य बजार हो, बेच्न तत्काल पहल गर्नुपर्छ, यदि पहल भएन भने जलविद्युतका लगानीकर्ताका लागि मात्र देशकै अर्थतन्त्रमा गम्भीर संकलन आई लाग्छ ।” ३ लाख ७० हजार मेगावाट विद्युत उत्पादन क्षमता रहेको भारतमा ३४ प्रतिशत कोल अर्थात् कालो ऊर्जा तथा २३ हजार मेगावाटको क्षमता रहेको वंगलादेशका झण्डै शत प्रतिशत कालो ऊर्जा रहेको बताउँदै नेपालले उत्पादन गर्ने शत प्रतिशत स्वच्छ ऊर्जा (ग्रीन ऊजा) भने नेपालले भारतलाई बेच्न सम्भावना पनि उच्च रहेको उनको भनाइ छ ।

Skip This
Skip This
Logo