नेपाल प्रहरीका १७ एसएसपी डीआईजीमा सिफारिस

नेपाल प्रहरीका १७ एसएसपी डीआईजीमा सिफारिस

केन्द्रबिन्दु
0
Shares

नेपाल प्रहरीका १७ जना प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवाका लागि सिफारिस भएका छन् ।

बढुवा समितिको सचिवालयले सिफारिस सूची प्रकाशित गरेको छ । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह नेतृत्वको बढुवा सिफारिस समितिको बैठकले बढुवाको सिफारिस गरेको हो ।

बढुवा सिफारिसको पहिलो नम्बरमा वसन्तबहादुर कुँवर रहेका छन् । त्यस्तै दोस्रोमा टेकप्रसाद राई र तेस्रोमा अशोक सिंह छन् । 

त्यस्तै, दीपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी, टेकप्रसाद तामाङ, उमेशराज जोशी, भीमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणा डीआईजीको बढुवामा सिफारिस भएका छन् । 

Skip This
Skip This
Logo