प्रतिनिधि सभा बैठक बस्दै, सम्भावित कार्यसूचीमा लोक सेवा आयोगको विधेयक

प्रतिनिधि सभा बैठक बस्दै, सम्भावित कार्यसूचीमा लोक सेवा आयोगको विधेयक

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधि सभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा लोक सेवा आयोग विधेयक २०७५ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

राष्ट्रिय सभामा उत्पत्ति भएको नीति अनुसन्धान प्रतिष्ठान विधेयक २०७६ मा विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने अर्को सम्भावित कार्यसूचीसमेत छ ।
यी दुबै प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट प्रतिनिधि सभामा प्रस्तुत हुने छन् । त्यसअघि प्रधानमन्त्रीको तर्फबाटै लोक सेवा आयोगको ६२ औं वार्षिक प्रतिवेदन पेश हुने छ ।

यसैगरी वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवले ग्लोबल ग्रिन ग्रोथ इस्टिच्युटको सहभागीतामुलक सदस्यका रुपमा सदस्यता प्राप्त गर्न स्वीकृति प्रदान गर्ने सम्बन्धी सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीसमेत रहेको संघीय संसदको सचिवालयले जनाएको छ ।
 

Skip This
Skip This
Logo