वर्षको तेस्रो ग्रान्डस्लाम विम्बल्डन टेनिस सोमबारदेखि सुरु हुँदैछ । प्रतियोेगिताको पहिलो दिन नै साविक विजेता नोभाक जोकोभिचले दक्षिण कोरियाका स्वान सुन वुसँग प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगितामा चोटका कारण शीर्ष वरीयाताका ड्यानियल मेद्भेदेभ र अलेक्जेन्डर भेरेभ उपस्थित हुनेछैन ।
यस्तै, फ्रेन्च ओपनको उपाधिसहित २२ पटक ग्रान्डस्लामको उपाधि जितेका राफेल नाडालले पहिलो खेलमा अर्जेन्टिनाका फ्रान्सिस्को सेरेनडोलोविरुद्ध खेल्नेछन् । नाडाल र सेरेनडोलोबीचको खेल २८ जुनमा हुनेछ ।
महिला एकल तर्फ ट्युनिसियाकी ओन्स जाबेउर र स्विडेनकी मिरजाम जोरक्लुन्दबीच खेल हुनेछ । जर्मनी एङगेलिक केरबर र फ्रान्सकी क्रिष्टिना लादेनोभिक पनि आमनेसामने हुनेछन् ।































प्रतिक्रिया