श्रम तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मन्त्रीमण्डल पुनर्गठन गर्ने अधिकार प्रधानमन्त्रीलाई रहेको बताएका छन्। उनले आफूले राजीनामा नदिने र प्रधानमन्त्रीले पुनर्गठन गर्ने वितिकै आफू स्वत: हट्ने बताए। मन्त्री पार्टीले बनाएको र फिर्ता पनि पार्टीले बोलाएको भन्दै राजीनामा नदिने र पत्रकार सम्मेलन पनि नगर्ने बताए।
‘पुनर्गठन प्रधानमन्त्रीले गर्ने हो। हामी त बसिरहेकै छैन। जहिले छोड भन्यो त्यही दिन छोड्ने हो,’ उनले दोहोर्याए, ‘मन्त्रिमण्डल पुनर्गठन गर्ने अधिकार प्रधानमन्त्रीलाई हो। उहाँले पुनर्गठन गर्ने वित्तिकै स्वत: छोडियो नि । किन छोड्नुपर्यो भन्या यसलाई तिललाई पहाड बनाउने काम भयो,’ उनले भने।































प्रतिक्रिया