रामकुमारी झाँक्रीलाई रुवाउँदैमा समाजवाद आउँछ ? : रामचन्द्र पौडेल

रामकुमारी झाँक्रीलाई रुवाउँदैमा समाजवाद आउँछ ? : रामचन्द्र पौडेल

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफुले बुझेको समाजवाद निमुखालाई न्याय र विपन्नलाई आय भएको बताएका छन् ।  

सोमबार नेकपाका संस्थापक नेता नरबहादुर कर्माचार्यको स्मृतिका अवसरमा आयोजित ‘नेपालमा समाजवाद : चुनौती र सम्भावना’ विषयक अन्तरक्रियामा बोल्दै आफुले बुझेको समाजवाद निमुखालाई न्याय, विपन्नलाई आय भएको बताएका हुन् ।

उनले आफु सरल भाषामा बोल्ने भन्दै अहिलेको संविधान कार्यान्वयन गर्नतिर लागे मात्रै समाजवादको जग जोगिने बताए । आफूभन्दा पहिला बोलेका एमाले महासचिव शंकर पोखरेलले काँग्रेसको नेतृत्वमा समाजवादमा पुग्न नसकिने दिएको अभिव्यक्तिको खण्डन गर्दै पौडेलले भने, ‘यो संविधान जोगाए मात्रै समाजवादको जग जोगिन्छ ।’ 
पौडेलले एमालेले संविधान भत्काउन लागेकाले गठबन्धन बनेको पनि बताए ।  ‘म शंकरजीलाई भन्न चाहान्छु कि समाजवादमा पुग्ने आधार अहिलेको संविधान हो । यो भत्काउन लागेकाले जोगाउन गठबन्धनको आवस्यकता परेको हो’ पौडेलको भनाइ छ । ‘समाजवादको कुरा गर्दा के रामकुमारी झाँक्रीलाई रुवाएर आउछ ?’ पौडेलले प्रश्न गरे ।  उनले आचरण नै समाजवादको प्रमुख चुनौति रहेको बताए ।

Skip This
Skip This
Logo