नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य दीनानाथ शर्माले नेकपा एकीकृत समाजवादी को मन्त्री फिर्ता गर्ने निर्णय अपरिपक्व भएको बताएका छन् । आज मंगलवार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै शर्माले यस्तो बताए । उनले ४ ५ महिनामा कुनै पनि मन्त्रीले कामको परिणाम दिन नसक्ने भन्दै एउटा निश्चित अवधि काम गर्न पाउने अधिकार मन्त्रीलाई दिनुपर्ने बताए ।
शर्माले भने, ‘अहिलेको राष्ट्रिय राजनीतिमा मन्त्रीहरू फिर्ता बोलाउने, नयाँ मन्त्री पठाउने तरङ्ग छ । एकीकृत समाजवादीले आफ्ना केही मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ मन्त्रीहरू पठाएको छ । छिटोछिटो मन्त्री फेर्नु त्यति राम्रो होइन् । जनताले त्यसलाई राम्रो मानेका छैनन् । मन्त्री ३र६ महिनामा पालो पुर्याएर चलाउने पद्धतिलाई प्रोत्साहन गर्नु हुँदैन । यसलाई निरुत्साहित गर्नुपर्छ । मन्त्रीलाई राम्रोसँग एउटा कार्यकाल चलाउन दिनुपर्छ । सात महिनामा कुनै मन्त्रीले केही परिणाम दिन सक्दैन । यसले देशको विकास गर्दैन ।’
उनले नेकपा माओवादी केन्द्र मा भने मन्त्री हेरफेरसम्बन्धी कुनै छलफल नभएको बताए । उनले भने ‘हाम्रो पार्टीले अहिले हामीले पठाएका मन्त्रीहरू फेर्ने कुरा गरेका छैनौँ । हाम्रो त्यसबारेमा छलफलको एजेन्डा नै बनेको छैन ।’ केन्द्रीय सदस्य शर्माले आउँदो चुनावसम्म अहिलेको गठबन्धन निर्धक्क जाने दाबी गर्दै गठबन्धनलाई व्यवस्थित र सुदृढ गर्न आफूहरू लागिपरेको स्पष्ट पारे ।































प्रतिक्रिया