माछा मार्न गएका दुई बालिकाको दोदा नदीमा डुबेर मृत्यु

माछा मार्न गएका दुई बालिकाको दोदा नदीमा डुबेर मृत्यु

केन्द्रबिन्दु
0
Shares

कन्चनपुर ।

जिल्लाको लालझाडी गाउँपालिका–२ कञ्जका दुई बालिकाको सोमबार दोदा नदीमा डुबेर मृत्यु भएको छ भने एक बालिकाको सकुशल उद्धार गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाका अनुसार १४ वर्षीया निष्ठा राना र १५ वर्षीया मोनिका रानाको दोदा नदीमा डुबेर मृत्यु भएको हो । अर्की १२ वर्षीया अनु रानालाई स्थानीय बासिन्दाले सकुशल उद्धार गरेका छन् । मृतक दुवैको शव बगेको स्थानबाट तीन सय मिटर टाढा फेला परेको थियो ।

“मृतक दुवै बालिका माछा मार्नका लागि नदीमा गएको परिवारजनबाट बुझिएको छ”, प्रहरी उपरीक्षक थापाले भने, “घटनाबारे थप अनुसन्धान भइरहेको छ ।” उद्धार गरिएकी बालिकालाई सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारार्थ भर्ना गरिएको छ । मृतक दुवै बालिकाको शव नदीबाट झिकेर परीक्षणका लागि अस्पताल लगिएको छ ।रासस

Skip This
Skip This
Logo