लुम्बिनी प्रदेशको बजेट पारित

लुम्बिनी प्रदेशको बजेट पारित

केन्द्रबिन्दु
0
Shares

 लुम्बिनी प्रदेश सभामा असार १ गते प्रस्तुत बजेट विभिन्न चरणको छलफलका साथ आज सदनबाट पारित भएको छ ।

आर्थिक वर्ष २०७९/०८० को लागि ४२ अर्ब ६३ करोड ७ लाखको बजेट ल्याइएको थियो । कुल विनियोजनमध्ये चालु खर्चतर्फ १३ अर्ब ३२ करोड ७६ लाख ५२ हजार कुल बजेटको ३१.२६ प्रतिशत‚ पुँजीगत खर्चतर्फ २४ अर्ब ४७ करोड ७० लाख ४८ हजार कुल बजेटको ५७.४१ प्रतिशत रहने अनुमान गरिएको छ ।

वित्तीय समानीकरण अनुदान, समपूरक अनुदान, सशर्त अनुदान र विशेष अनुदान मार्फत स्थानीय तह वित्तीय हस्तान्तरणका लागि रू ४ अर्ब ८३ करोड लाख, कुल बजेटमा वित्तीय हस्तान्तरणको अंश ११.३३ प्रतिशत रहने गरी प्रस्ताव गरिएको छ । प्रदेश सभाबाट प्रदेश प्रहरी सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक र सञ्चार विधेयकसमेत पारित भएको छ । सो कानून समितिका सभापति दामाकुमारी शर्माले सभामा प्रस्तुत गरेको विधेयक प्रदेशसभाबाट पारित भएको थियो ।

Skip This
Skip This
Logo