वामदेवले केपी ओलीलाई भने : विभाजित भएका कम्युनिस्ट पार्टीहरू मिलाएर अघि बढ्नुस्

वामदेवले केपी ओलीलाई भने : विभाजित भएका कम्युनिस्ट पार्टीहरू मिलाएर अघि बढ्नुस्

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमबीच बालकोटमा भेटवार्ता भएको छ। नेकपा विभाजन र खारेजीपछि राजनीतिबाट निष्क्रिय गौतमले करिब एक वर्षपछि बालकोट पुगेर आफ्ना पुराना सहयात्री ओलीसँग संवाद गरेका हुन्। यसअघि नै एमाले त्यागेको घोषणा गरिसकेका गौतमले नयाँ पार्टी खोलेको केही दिनपछि ओलीसँग वार्ता गरेका हुन्। 

बुधबार नै समय लिएर बालकोट पुगेका गौतमले ओलीलाई आफ्नो आगामी ३ महिने अभियानबारे जानकारी गराएका थिए।  उनले विभाजित भएका कम्युनिस्ट पार्टीहरू मिलेर अघि बढ्न अध्यक्ष ओलीलाई आग्रह गरेका छन्। नेकपा एकता राष्ट्रिय अभियानका सचिवालय सदस्य निमकान्त पाण्डेका अनुसार अध्यक्ष ओलीले गौतमको प्रस्तावमाथि थप छलफल गर्नुपर्ने बताएका थिए। ‘उहाँले एक्लै सबै कुरा निर्णय गर्ने कुरा पनि भएन, वामदेव कमरेडले आफ्ना विषय लामो समय लिएर प्रष्ट राख्नुभयो,’ पाण्डेले भने, ‘प्रष्ट रुपमा सबै विषय राखिएको छ।’
 

Skip This
Skip This
Logo