लमजुङमा ४० प्रतिशत रोपाई सकियो

लमजुङमा ४० प्रतिशत रोपाई सकियो

केन्द्रबिन्दु
0
Shares

लमजुङमा  ४० प्रतिशत रोपाई सकिएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख सुदीप खतिवडाका अनुसार १५ असारसम्ममा लमजुङमा ४०  प्रतिशतसम्म रोपाई सकिएको हो  ।

मनसुन छिट्टै भित्रिएको र प्रशस्त पानीको सुविधा भएकाले यसवर्ष लमजुङमा रोपाई  चाडै सुरु गरिएको थियो । लमजुङका ठूला फाँट राइनासटार, धमिलिकुँवा, रामचोकबेँसी, भलाखर्क, चक्रतिर्थ, भोर्लेटार, दुईपिप्ले, सोतीपसल, सुन्दरबजार, परेवाडाँडा, सत्रसयलगायतका स्थानामा मकै पाकेसँगै रोपाई भइरहेको छ ।

यहाँ किसानले रामधान, सुनौलो सुगन्ध, सुख्या २, सावित्री, जेठोबुढो, एक्ले, लोकतन्त्र लगायतको उन्नत जातको धान साथै लोकनाथ, गोरखनाथ, यूएस ३१२, मकवानपुर, वर्षे ३००४, मनसुली लगायतको हाइब्रिड जातको धान लगाउँदै आएका छन् । केन्द्रका अनुसार जिल्लामा १३ हजार दुई सय ५०  हेक्टर जग्गामा धान खेती गरिँदै आएको छ ।

Skip This
Skip This
Logo