महिला हिंसा अनुसन्धान गर्न विधि र प्रविधि पुग्दैन : विन्दा पाण्डे

महिला हिंसा अनुसन्धान गर्न विधि र प्रविधि पुग्दैन : विन्दा पाण्डे

केन्द्रबिन्दु
0
Shares

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेकी सांसद विन्दा पाण्डेले महिलामाथि हुने जघन्य अपराधका घटना हुनै नदिने गरी आवश्यक विधि र प्रविधिको व्यवस्था गर्न सरकारसँग माग गरेकी छिन् ।

शुक्रबार संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै सांसद पाण्डेले सिसीटिभीको भर परेर अहिले देखिएको महिला हिंसाको घटना नियन्त्रण गर्न नसकिने उल्लेख गर्दै सो व्यवस्था गर्न सरकारसँग माग गरेकी हुन् ।

उनले महिला हिंसा नियन्त्रणका लागि भएका विधि र प्रविधिलाई सुदृढ गरेर लैजान पनि सरकारलाई सचेत गराइन् । हिँड्दाहिँड्दै हुने महिला हिंसालाई नियन्त्रण गर्न सोही अनुसारको प्रविधिको व्यवस्था गर्न ढिलाई गर्न नहुने धारणा समेत सांसद पाण्डेले राखिन् ।

उनले भनिन्, ‘अपराधको अनुसन्धान गर्ने क्रममा अहिले हामीले जे कुरा गरिराखेको छौं । त्यसका लागि विधि र प्रविधि पुग्दैन । यसलाई सुदृढ गरेर लैजानु पर्दछ । महिला हिंसालाई कम गर्न सिसीटिभीको कुरा हामीले गरिराखेको छौं ।तर हिँड्दा हिँड्दै हुने हिंसालाई कम गर्ने प्रविधिको पनि आवश्यक व्यवस्था मिलाउनु पर्दछ । त्यसैगरी जथाभावी जरिवाना गर्ने भन्दा पनि त्यसको पनि राष्ट्रियरअन्तराष्ट्रिय मापदण्डलाई हेरेर आवश्यक व्यवस्था मिलाउनु पर्ने हुन्छ ।’

 

Logo