पुर्वमिस नेपाल सदीक्षा श्रेष्ठ विवाह बन्धनमा बाधिने भएकी छिन् ।
२०१० की मिस नेपाल श्रेष्ठले आगामी मंगलबार प्रेमी राहुल मोक्तानसँग विवाह गर्न लागेकी हुन् ।
उनीहरू विवाहमा आफन्त र निकट व्यक्तिलाई निम्तो पत्र पनि वितरण गरिरहेका छन् । मंगलबार गैरीधाराको सिल्भर ओक पार्टी प्यालेसमा रिसेप्सन आयोजना गरिएको छ ।
नेवारी परम्पराअनुसार केटीले पहिले रिसेप्सन दिएपछि केटाले जन्ती लिएर आउने परम्परा छ । बल्ल त्यसपछि केटा पक्षले भोज दिने चलन छ । काठमाडौँमै जिमखाना सञ्चालन गरिरहेका राहुल र सदिच्छाले एक वर्षदेखि डेट गरिरहेका थिए ।





























प्रतिक्रिया