विश्वकप फुटबल हेर्न अर्थमन्त्री शर्मालाई कतारी राजदूतको निम्तो

विश्वकप फुटबल हेर्न अर्थमन्त्री शर्मालाई कतारी राजदूतको निम्तो

केन्द्रबिन्दु
0
Shares

कतारमा आयोजना हुन लागेको फिफा विश्वकप फुटबल प्रतियोगिता हेर्नका लागि कतारले अर्थमन्त्रीलाई निम्तो दिएको छ।

नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अहमद अलहाइलले अर्थमन्त्री जनार्दन शर्मालाई फुटबल प्रतियोगिताका लागि निम्तो दिएका हुन्। 

आइतबार अर्थमन्त्री शर्मा र कतारी राजदूत युसुफबीच सिंहदरबारस्थित अर्थ मन्त्रालयमा शिष्टाचार भेट भएको थियो। 

'भेटमा राजदूत युसुफले कतारमा आयोजना हुन लागेको विश्वकप फुटवल प्रतियोगिता २०२२ मा अर्थमन्त्रीज्यूलाई आमन्त्रण गर्नुभएको छ,' 

फिफा विश्वकप फुटबल २०२२ का खेलहरू आगामी मंसिर ५ देखि पुस ३ सम्म कतारका ५ शहरका ८ रंगशालामा  हुँदैछन्। 

Skip This
Skip This
Logo