जनता समाजवादी पार्टी (जसपा) ले स्थानीय निर्वाचनमा अन्तर्घात गरेको भन्दै प्रदेश सांसद कौशल कुमार यादवलाई पार्टीबाट निष्काशन गरेको छ ।
महोत्तरी क्षेत्र नंं ४ (ख) बाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य कौशल कुमार यादवलाई जसपाले साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निकालेको हो । आइतबार बसेको जसपा महोत्तरी जिल्ला कार्यसम्पादन समिति बैठकले उनलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेको जिल्ला अध्यक्ष रामप्रकाश यादवले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।
यस्तै उनले विज्ञप्ती जारी गर्दै सांसद यादवसँगै संघीय शिक्षक फोरमका अध्यक्ष कौशल कुमार यादवलाई पनि पार्टीबाट निष्काशन गरिएको जनाएको हो । सांसद यादव संविधानसभा सदस्य समेत हुन् । उनी २०६४ को संविधानसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचित भएका थिए । उता सांसद यादवले आफूलाई एकाएक निष्काशन गरेको विषयमा समाजिक सञ्जालबाटै जानकारी भएको बताए ।





























प्रतिक्रिया