राष्ट्रपति भण्डारीद्वारा जसपाका ३ मन्त्री हेरफेर, कसलाई कुन मन्त्रालय ?

राष्ट्रपति भण्डारीद्वारा जसपाका ३ मन्त्री हेरफेर, कसलाई कुन मन्त्रालय ?

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरुको नियुक्ति, हेरफेर र कार्यविभाजन गरेकी छिन्।

 
राष्ट्रपति कार्यालयका अनुसार नयाँ मन्त्रीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मोहम्म्द इस्तियाक राई, कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा मृगेन्द्र कुमार सिंह यादव र वन तथा वातावरणमन्त्रीमा प्रदीप यादवलाई नियुक्त गरिएको छ। 

जनता समाजवादी पार्टीले आफ्ना मन्त्रीहरुको परिवर्तन गरेको हो।  यसअघि भौतिकमन्त्रीमा रेणु यादव, कृषिमा महिन्द्रराय यादव र वनमन्त्रीमा रामसहाय यादव थिए। अघिल्लो हप्तामात्रै नेकपा एकीकृत समाजवादीका तर्फबाट आफ्ना मन्त्रीहरुको हेरफेर भएको थियो। 

 

 

 

 

 

 

 

 

 

Skip This
Skip This
Logo