कारोबार हुने साताको दोस्रो दिन सोमबार सेयर बजारमा सामान्य गिरावट भएको छ । आइतबार ५७ दशमलव ६१ अंकले बढेको बजार आज ९ दशमलव ७५ अंकले घटेर २ हजार ७६ दशमलव ६७ विन्दुमा झरेको हो ।
सोमबार २३४ वटा धितोपत्रको १ करोड ९ लाख ८१ हजार ५९१ कित्ता सेयर खरिद बिक्री भएको छ । जसबाट ४ अर्ब ३४ करोड ९२ लाख ७३ हजार ५९३ रुपैयाँ बराबरको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
सोमबार सिवाइसी नेपाल र न्यादी ग्रुप पावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने कारोबार रकमको आधारमा शिबम् सिमेन्टको सर्वाधिक १ अर्ब ७५ करोड ८८ लाख ३ हजार २७१ रुपैयाँ बराबरको सेयर खरिद विक्री भयो ।































प्रतिक्रिया