नेपालको आन्तरिक उडानमा हवाईजहाजको तुलनामा विमानस्थलको संख्या अधिक पुगेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांक अनुसार अहिले देशभर त्रिभुवन विमानस्थलसहित ५३ वटा विमानस्थल निर्माण सम्पन्न भइसकेका छन् । तर, ३३ वटा मात्र सञ्चालनमा छन् । २० वटा विमानस्थलमा जहाज उड्दैनन् । यता, आन्तरिक उडानमा हवाईजहाजको संख्या भने ५२ वटा रहेको छ ।
नेपाल वायुसेवा निगगले उडाइरहेका दुई ट्वीनअटर जहाजसहित ५२ वटा जहाजले त्रिभुवन विमानस्थल सहित ३३ वटा विमानस्थलमा सेवा दिएका छन ।
नेपालमा यात्रु संख्याका हिसावले तराई भेगका विमानस्थलमा अधिक भीडभाड छ । यसबाहेक पर्यटकीय क्षेत्रमा रहेका विमानस्थल बढी व्यस्त छन ।
हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित नेपालगञ्ज, पोखरा, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, विराटनगर, चन्द्रगढी, भरतपुर, जनकपुर, लुक्ला, सिमरा, सुर्खेत, धनगढी, जोमसोम, सिमिकोट, तुम्लिङटार, जुम्ला, डोल्पा, बाजुरा, रामेछाप, भोजपुर, फाप्लु, रारा, रुकुम सल्ले, रुम्झाटार, ताप्लेजुङ, खानीडाँडा, राजविराज, साँफेबगर, दाङ, थामखर्क, बझाङ, डोटी र बैतडी मात्र सञ्चालनमा रहेका छन ।































प्रतिक्रिया