एकदिवसीय क्रिकेटमा नेपाल र क्यानडा भिड्दै

एकदिवसीय क्रिकेटमा नेपाल र क्यानडा भिड्दै

केन्द्रबिन्दु
0
Shares

आईसीसी विश्वकप लिग २ अघि आज  नेपाल र  क्यानडा एकदिवसीय क्रिकेट खेल खेल्दै छन् । 

खेल नेपाली समयअनुसार राति पौने १० बजे सुरु हुनेछ  । सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाल बिगत एक सातायता क्यानडा भ्रमणमा छ  ।अमेरिकाबाट शृंखला खेलेर नेपाल आएलगत्तै स्कटल्याण्डमा आयोजना हुन लागेको अर्को एक दिवसीय शृंखला लागि नेपाली टिम अहिले क्यानडामा रहेको हो ।

क्यानडामा नेपाली टिमले स्थानीय क्लब ओन्टारियोविरुद्ध दुई अभ्यास खेले खेलेको थियो ।  नेपाल दुबै खेलमा विजयी भएको थियो । क्यानडासँगको दुई खेलपछि नेपाली टोलीले स्कटल्याण्डमा  नामेवियासँग त्रिकोणात्मक एकदिवसीय खेल्नेछ ।

Skip This
Skip This
Logo