नेपाली ईभी बजारमा ‘नेभर सिन फिस्कल इयर एन्ड अफर’

नेपाली ईभी बजारमा ‘नेभर सिन फिस्कल इयर एन्ड अफर’

केन्द्रबिन्दु
0
Shares

बीवाईडी अटो इन्डष्ट्री कम्पनीले नेपाली बजारमा पहिलो पटक नेभर सिन फिस्कल इयर एन्ड अफर ल्याएको छ । 

नेपालमा बीवाईडी अटो इन्डष्ट्री कम्पनीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले इलेक्ट्रिक गाडीमा पहिलो पटक  ‘फिस्कल इयर एन्ड अफर’ योजना ल्याएको हो । सो अफर अन्तर्गत बीवाईडी न्यु ई ६ किन्दा गिफ्ट ह्याम्पर्स, क्यास डिस्काउन्ट, एक्सचेन्ज बोनस र आगामी आर्थिक वर्षको लागि रोड ट्याक्स फ्रि हुनेछ । 

नेपाली ईभी बजारमै पहिलो पटक ल्याइएको यो अफरबाट धेरै ग्राहक लाभान्वित हुने अपेक्षा कम्पनीले गरेको छ । अल न्यु ई ६ मा बीवाईडीले नै विकास गरेको नयाँ प्रविधिको ब्लेड ब्याट्री प्रयोग गरिएको छ । यसमा भएको ७१.७ किलोवाट आवरको ब्याट्रीलाई १ घण्टा ३० मिनेटमै फुल चार्ज गर्न सकिन्छ । यसमा ९० किलोवाटको मोटर छ । बीवाईडी ई६ ले सिंगल चार्जमा ५२२ किलोमिटरको रेन्ज दिने कम्पनीले जनाएको छ । 

Skip This
Skip This
Logo