अर्थमन्त्रीबारे प्रधानमन्त्री र सभामुखसँग छलफलपछि मात्र निर्णय लिन्छु : दाहाल

अर्थमन्त्रीबारे प्रधानमन्त्री र सभामुखसँग छलफलपछि मात्र निर्णय लिन्छु : दाहाल

केन्द्रबिन्दु
0
Shares

अर्थमन्त्री जनार्दन शर्माले बजेट बनाउने क्रममा गत जेठ १४ गते मन्त्रालयमा अनाधिकृत व्यक्ति सहभागी गराएको विषयले नेकपा माओवादी केन्द्रको बैठकमा पनि प्रवेश पाएको छ। 

मंगलबार बिहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकमा नेताहरुले अर्थमन्त्री शर्माको विवादित भूमिकाबारे कुरा उठाएका थिए। 

पूर्वस्थायी कमिटी सदस्य हरिबोल गजुरेलका अनुसार अध्यक्ष प्रचण्डले प्रधानमन्त्री र सभामुखसँग छलफल गरेर निर्णय लिने नेताहरुलाई बताएका छन्। 

‘ एमालेले हिजो संसदमा अर्थमन्त्रीबारे उठाएको कुरा आजको बैठकमा केही नेताहरुले राख्नुभएको थियो,’ गजुरेलले भने, ‘अध्यक्षले सभामुख र प्रधानमन्त्रीसँग छलफल गरेर निर्णय लिने बताए ।’

अर्थमन्त्री शर्माले बजेट प्रस्तुत गर्नुपूर्व अर्थ मन्त्रालयमा अनाधिकृत मान्छे प्रवेश गराएको भन्दै चर्को आलोचना भइरहेको छ। सत्तारुढ दल नेपाली कांग्रेसका नेताहरुले समेत अर्थमन्त्रीको राजीनामा माग गरेका छन्। 
तर जेठ गत जेठ १४ गते रातिको उक्त सीसीटीभी फुटेज डिलिट भइसकेको स्पष्टीकरण अर्थ मन्त्रालयको दिएको छ। तर कानुनले सरकारी निकायको सीसीटीभी फुटेज तीन महिनासम्म सुरक्षित राख्नुपर्ने भनेको छ। 

 

Skip This
Skip This
Logo