अर्थमन्त्री जनार्दन शर्माले आज संसदमा आफ्ना कुरा राख्ने

अर्थमन्त्री जनार्दन शर्माले आज संसदमा आफ्ना कुरा राख्ने

केन्द्रबिन्दु
0
Shares

विवादमा परेका अर्थमन्त्री जनार्दन शर्माले बुधबार संसदमा आफ्ना कुरा राख्ने भएका छन्।

प्रतिनिधि सभाको बैठक अहिले ११ बजे बस्दैछ। सोही बैठकमा शर्माले आफ्ना कुरा राख्न लागेको उनीनिकट स्रोतले जानकारी दियो।

 नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’ निवास खुमलटारमा बुधबार बिहान बसेको माओवादी केन्द्रीय कार्यालयको विस्तारित बैठकपछि शर्माले संसदबाट आफ्ना कुरा राख्न लागेका हुन्। 

बैठकमा सहभागी माओवादी नेता हरिबोल गजुरेलले अर्थमन्त्री शर्माले आज आफ्नो कुरा राख्ने र त्यसपछिको अवस्था हेरेर अघि बढ्ने तयारी रहेको बताए। 

आर्थिक वर्ष २०७९/८० को बजेट बनाउँदा अर्थमन्त्री शर्माले एकजना पूर्वनायब सुब्बालाई करका दरहरू हेरफेर गर्न लगाएको भन्ने आरोप छ।

बजेट घोषणा हुनु अघिल्लो दिनको अर्थ मन्त्रालय सिसिटिभी फुटेज माग्दा मन्त्रालयले त्यो डिलिट भइसकेको गैरजिम्मेवारपूर्ण जवाफ दिएको थियो ।
मन्त्रालयको गैरजिम्मेवारपूर्ण जवाफपछि अर्थमन्त्री शर्मामाथि छानबिन हुनु पर्ने र त्यसका लागि उनले राजीनामा दिनुपर्ने माग चौतर्फी उठिरहेको छ।

Skip This
Skip This
Logo