काठमाडौं ।
यो साता सुनको मूल्य बढ्न थालेको छ । पहिलो दिन आइतबार बढेको सुनको मूल्यले आज पनि निरन्तरता पाएको हो । आज सुन ३ सयले बढेर ९७ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार सुन ९६ हजार ९ सयमा कारोबार भएको थियो । आइतबार प्रतितोला तीन सयले बढेर ९७ हजार २ सयमा कारोबार भएको थियो।
महासंघका अनुसार आज चाँदीको मूल्य १३ सय ६५ रुपैयाँ प्रतितोला पुगेको छ । यो आइतबारको भन्दा २५ रुपैयाँ बढी हो ।





























प्रतिक्रिया