‘विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने सरकारले तत्काल बजेट छुट्याउनु पर्छ’

‘विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने सरकारले तत्काल बजेट छुट्याउनु पर्छ’

केन्द्रबिन्दु
0
Shares

निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने भए सरकारले तत्काल बजेट छुट्याउन माग गरेको छ।

प्रधानमन्त्री शेरबहादुर देउवासँग बुधबार भेट गरी आयोगले विद्युतीय मेसिनबाट मतदान गर्ने भए चुनावको मिति घोषणा हुनुअघि नै बजेट निकासा गर्नुपर्ने माग गरेको हो।

आयोगले प्रधानमन्त्री देउवालाई बुझाएको पत्रमा भनिएको छ, ‘निर्वाचन व्यवस्थापन प्रक्रियालाई छरितो, सुरक्षित तथा स्वच्छ बनाउन निर्वाचन सम्बन्धि कानुनमा भएको व्यवस्था समेतको आधारमा विद्युतीय मतदान यन्त्रको प्रयोग तथा व्यवस्थापन सम्बन्धमा अध्ययन गर्न आयोगले गठन गरेको समितिबाट प्राप्त प्रतिवेदन आवश्यक निर्णयार्थ तथा कार्यार्थ गृहमन्त्रालय मार्फत् नेपाल सरकार मन्त्रीपरिषद्मा पठाइएको।’

Skip This
Skip This
Logo