संसद्मा सांसदकै खडेरी : गणपूरक सङ्ख्या नपुग्दा मन्त्री खापुङको प्रस्ताव पारित भएन

संसद्मा सांसदकै खडेरी : गणपूरक सङ्ख्या नपुग्दा मन्त्री खापुङको प्रस्ताव पारित भएन

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधि सभा बैठकमा गणपूरक सङ्ख्या नपुग्दा मन्त्रीको प्रस्ताव निर्णयार्थ प्रस्तुत हुन सकेन । 

प्रतिनिधि सभाको आज बुधवारको बैठकमा गणपूरक सङ्ख्या नपुगेका कारण स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले प्रस्ताव गर्नुभएको ‘औषधी (तेस्रो संशोधनं) विधेयक २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत हुन नसकेको हो । 

प्रस्ताव निर्णयार्थ प्रस्तुत हुन संसदको गणपूरक सङ्ख्या ६९ जना हुनुपर्नेमा प्रतिनिधि सभा सदस्यको सङ्ख्या ६५ जना मात्र रहेकाले प्रस्ताव निर्णयार्थ प्रस्तुत हुन नसकेको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो । प्रतिनिधि सभामा दुई सय ७५ सांसद छन् । 

सभामुख सापकोटाले मन्त्रीको प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्न लाग्दा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले गणपूरक सङ्ख्या गन्न माग गर्नुभएको थियो । गणपूरक सङ्ख्या नपुगेपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । 
 

Skip This
Skip This
Logo