नाराद्वारा रिभर गाइड लाइसेन्सिङ्ग तालिम सुरु

नाराद्वारा रिभर गाइड लाइसेन्सिङ्ग तालिम सुरु

केन्द्रबिन्दु
0
Shares

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) सँगको सहकार्यमा नेपाल पर्यटन बोर्डले शुरु गरेको जिविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना अन्र्तगत असार २२ गतेबाट नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (नाथम) काठमाण्डौमा सात दिने रिभर गाइडको  लाइसेन्सिङ्ग  तालिम शुरु भएको छ । 

नेपाल पर्यटन बोर्ड, एसटीएलआरपी परियोजनासंगको साझेदारीमा नेपाल एसोसिएसन अफ र्याफ्टिङ्ग एजेन्सीज (नारा) को आयोजना तथा नाथमसँगको सहकार्यमा ४० जना रिभर गाईड तालिम प्रदान गर्न लागिएको हो । तालिममा १२ महीला र २८ जना पुरुष गरी ४० जनाको सहभागिता रहेको छ । 

परियोजनाले गत वर्ष अल्पकालीन रोजगारीलाई जोड दिएकोमा अहिले केही नयाँ जनशक्ति थप गर्ने तथा भएको जनशक्तिलाई थप दक्ष बनाउने गरी यस प्रकारका तालिम सञ्चालन गरेको पर्यटन बोर्डका निर्देशक तथा परियोजनाका राष्ट्रिय परियोजना संयोजक मणिराज लामिछानेले जानकारी दिए ।
 

Skip This
Skip This
Logo