झापामा ट्रयाक्टरले अटोलाई ठक्कर दिँदा एक जनाको मृत्यु

झापामा ट्रयाक्टरले अटोलाई ठक्कर दिँदा एक जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

झापाको कन्काई नगरपालिका–३ एकान्त टोलमा मे.१ त ७८३१ नम्बरको ट्रयाक्टरले रोकी रहेको मे.१ ह ६९६० नम्बरको अटोलाई शुक्रबार बिहान ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा अटोमा सवार सोही नगरपालिका–३ बस्ने ३४ वर्षीया कमला नेपाल रहेकी छन् । दुर्घटनामा गम्भीर घाइते भएकी उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । 

दुर्घटनामा घाइते भएका अटोमा सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुवै सवारी साधन र ट्रयाक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

Skip This
Skip This
Logo