जापानका पूर्वप्रधानमन्त्री आबेको निधनमा आज नेपालमा राष्ट्रिय शोक मनाइने

जापानका पूर्वप्रधानमन्त्री आबेको निधनमा आज नेपालमा राष्ट्रिय शोक मनाइने

केन्द्रबिन्दु
0
Shares

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधनमा सरकारले शनिबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । 

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । 'मित्र राष्ट्र जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको गोली प्रहार गरी हत्या भएकोमा सो निन्दनीय कार्यको नेपाल सरकार घोर भर्त्सना गर्दछ । उहाँको निधनप्रति गहिरो दुस्ख प्रकट गर्दै जापान सरकार, जापानी जनता र स्वर्गीय आबेको परिवारजनप्रति नेपाल सरकार हार्दिक समवेदना व्यक्त गर्दछ,' मन्त्रिपरिषद्को निर्णयमा थप भनिएको छ ।

शुक्रबार गोली प्रहारपछि गम्भीर घाइते भएका जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको निधन भएको हो । नारा सहरमा भाषण गर्दै गर्दा उनीमाथि शुक्रबार बिहान गोली प्रहार भएको थियो ।

Skip This
Skip This
Logo