ग्रामिण सामुदायिक संस्था जिएसएसले मुगुका दुर्गम क्षेत्रका बालबालिकाको शिक्षा, स्वास्थ्य र अपांगतालगायत विषयमा पैरवी गर्दै आएको छ ।
विषेशगरी उत्तरी भेगमा पर्ने सोरु गाउँपालिका वडा नम्बर १ देखि ११ वडा सम्मका ३९ वटा विद्यालयमा शिक्षा, स्वास्थ्य, अपांगतालगायत विषयमा पैरवी गरिरहेको छ ।
संस्थाले विद्यालयमा बालबालिकाको पहुँच बढाउन बालमैत्री सिकाईका लागि कक्षा कोठा व्यवस्थापन र सिकाई सामाग्री सहयोग पनि गर्दै आएको जिएसएस मुगुले जनाएको छ ।
युनाईटेड मिसन टु मुगु क्लष्टरको आर्थिक सहयोग र संस्थाको सहजीकरणमा गाउँपालिकाका ३९ वटा विद्यालयमा करिब दुई करोड बराबरको सहयोग गरेको जिएसएस मुगुका कार्यक्रम संयोजक बासु रावलले बताए । उनका अनुसार गरिब विपन्न, असहाय, अपांगता भएका व्यक्तिलाई राहत प्रदान गर्दै आईरहेको छ ।
स्थानीय तहका दलित, विपन्न परिवारका छोरीलाई उच्चशिक्षा, प्राविधिक तहसम्मको शिक्षा समेत दिँदै आएको छ । यो कार्यक्रमले जिल्लाका दुई दर्जनभन्दा बढी दलित छात्राले लाभ लिइरहेका छन् । संस्थाका अनुसार अपांगता अधिकार तथा शिक्षा सुधार कार्यक्रम अन्तर्गत सोरुका लाभग्राहीलाई आत्मनिर्भर बनाउने हेतुले विभिन्न सीप प्रदान गरेको रावलको भनाइ छ ।





























प्रतिक्रिया